रुसकाे कब्जामा रहेको परमाणु ऊर्जा केन्द्रमा अवलोकनका लागि स्वीकृति दिने

रुसको कब्जामा रहेको परमाणु ऊर्जा केन्द्र । तस्बिर : रोयटर्स
Copy to clipboard
Copied!

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसंघका अधिकारीलाई कब्जामा रहेको जापोरिझाहिया परमाणु केन्द्रको भ्रमणका लागि स्वीकृति प्रदान गर्ने बताएका छन्।

युक्रेनको परमाणु उर्जा केन्द्र हाल रुसको कब्जामा छ। त्यहाँ गोलाबारी जारी रहँदा परमाणु केन्द्रमा हुन सक्ने सम्भावित विपदलाई लिएर चासो र चिन्ता बढिरहेको छ।

रुसले केन्द्रबाट उत्पादित विद्युत युक्रेनी ग्रिडबाट अलग गर्ने तयारी गरेको आरोप युक्रेनले लगाउँदै आएको छ।

पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँबीच भएको टेलिफोन वार्तापछि रुसले यो घोषणा गरेको हो।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले केन्द्रको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका थिए ।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्