माधव नेपाललाई भेट्न कोटेश्वर पुगे एमालेका नेताहरु

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले दोस्रो तहका नेताहरु भेट्न पुगेका छन्। नेपाल निवास कोटेश्वरमा नेताहरु भेट्न पुगेका स्रोतले जनाएको छ। एमाले नेताहरुले आफ्नो पार्टीको समर्थनमा राष्ट्रपतिको उम्मेद्वार बन्न आग्रह गरेका छन्। छलफल अहिले पनि जारी छ।
उता प्रधानमन्त्री पुष्पकमल दाहालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरिरहेका छन्। राष्ट्रपति उम्मेदवार मनोनयनको दिन शनिबार भएकाले नेताहरु नयाँ राष्ट्रपति खोजीका लागि तीव्र दौडधूपमा व्यस्त छन्।