ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक वार्ता सुरु

काठमाडौँ–धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको हो।

आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि एमाले अध्यक्ष ओली जारी प्रतिनिधिसभा बैठक छाडेर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्। प्रचण्ड पनि संसद बैठकमा सहभागी भएनन्।

एमालेले मङ्सिर १० गते सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने भनिरहेको छ भने माओवादीले सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने भनिरहेको छ।

यही कारण दुई दलबीच दुरी बढेको हो । शुक्रबार बिहानमात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ।

फाल्गुन १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्