पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालबाट डिस्चार्ज

Copy to clipboard
Copied!

काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्।

टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केकी थिइन् ।  नेपाल फर्किएको भोलिपल्ट उनी बिरामी भएकी थिइन् ।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्