बारको चुनावमा मतदान जारी

Copy to clipboard
Copied!

दाङ-अभिवक्ताहरूको छाता संगठन जिल्ला बार इकाइ दाङको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भइरहेको छ।

गत साउन ७ गते भएको ४१ औँ साधारणसभा तथा अधिवेशनमार्फत् आजका लागि निर्वाचन मिति तोकिएपछि जिल्ला बारको निर्वाचन भईरहेको हो।

आगामी २ वर्षे कार्यकालका लागि बारका तर्फबाट दुईवटा प्यानल बनाएर प्रतिष्पर्धा भइरहेको मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता घनश्याम थापाले जानकारी दिए।

मुरली घिमिरे र मेघराज लम्सालको नेतृत्वमा दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धा भइरहेको छ। अधिवक्ता घिमिरे अध्यक्ष पदका उम्मेदवार रहेको नेपाल डेमोक्र्याटिक लयर्स एसाेसिएसनका तर्फबाट उपाध्यक्षमा किरण कुमार रेग्मी, सचिवमा सन्तोष पोख्रेल, सहसचिवमा रश्मी पाण्डे धिताल, कोषाध्यक्षमा नारायणप्रसाद डाँगी तथा सदस्य पदका लागि निश्चल हमाल, माधव देवकोटा, तिलकबहादुर केसी, खट्टु गिरी, नारायणप्रसाद रिजाल, विष्णुप्रसाद शर्मा र डम्बर बुढाथोकी प्रतिष्पर्धामा उत्रिएका छन्।

यस्तै, अधिवक्ता लम्साल अध्यक्ष पदका उम्मेदवार रहेको प्रगतिशील पेशागत संयुक्त समूहबाट उपाध्यक्षमा लुमबहादुर कार्की, सचिवमा कृष्णप्रसाद आचार्य, सहसचिवमा हरिचन्द्रा कुमारी वली, कोषाध्यक्षमा भरत न्यौपाने तथा सदस्य पदका लागि दीपक थापा, उत्तमप्रसाद भण्डारी, यादवप्रसाद खनाल, लेखनाथ काफ्ले, कृष्णबहादुर बस्नेत, भीमकुमार लम्साल र गणेशबहादुर वली प्रतिष्पर्धामा उत्रिएका हुन्।

१४ सदस्यीय नयाँ नेतृत्व चयनका लागि लागि १ सय ३३ जना सदस्यले बिहान ८ बजेदेखि मतदान गरिरहेका मुख्य निर्वाचन अधिकृत थापाले बताए। बेलुकी ५ सम्म मतदानको समय तोकिएको छ।

साउन २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्