माओवादी केन्द्रका नेतामाथि लाग्याे बलात्कारकाे आराेप

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!

दाङ-नेकपा माओवादी केन्द्रका नेता विष्णु शर्मामाथि युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। तुलसीपुर उपमहानगरपालिका- ३ डाँडाखुटी घर भई वडा नम्बर ९ बेलुवामा बसोबास गर्दै आएका ३८ वर्षीय विष्णु शर्मा हाल फरार छन्।

शर्मा नेकपा माओवादी केन्द्र तुलसीपुर-३ नम्बर वडा कमिटीका सचिव हुन्।

शर्मा ज्यान तथा लागुऔषध मुद्दामा १६ वर्ष कारावास सजाय भोगेर एक/डेढ वर्ष पहिलेमात्रै आममाफी पाएर छुटेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ।

युवतीलाई तुलसीपुरमा बोलाएर बलात्कार गरेपछि शर्मा फरार भएको र खोजी कार्य तीव्र पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

पीडित युवतीले विष्णु शर्माको नाममा बलात्कार मुद्दा लिखित रूपमा दर्ता गरिसकेकाे छ। तनहुँबाट युवतीलाई दाङमा बाेलाएर बलात्कार गरेकाे आराेप लागेकाे हाे।

साउन १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्