विद्यार्थीहरुमा भाइरल ज्वरो बढेपछि राप्ती गाउँपालिकाका विद्यालय एक हप्ता बन्द

Copy to clipboard
Copied!

दाङ – राप्ती गाउँपालिकाका विद्यालय ७ दिनका लागि बन्द गरिएको छ। विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि विद्यालय ७ दिनका लागि बन्द गरिएको हो।

बुधबार राप्ती गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ गतेदेखि साउन २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए।

हिउँदे र बर्खे बिदाबाट कटाउने गरी विद्यालय ७ दिनका लागि बन्द गरिएको हो। उक्त निर्णय कार्यन्यवन गर्न सबै विद्यालयलाई आग्रहसमेत गरिएको जारी सूचनामा उल्लेख गरिएको छ।

साउन १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्