करेन्ट लागेर दाङमा श्रीमान्–श्रीमतीको मृत्यु

सांकेतिक तस्बिर
Copy to clipboard
Copied!

दाङ – दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षिय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन्।

त्यस्तै बासु गाहा मगरकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते भएकी छन् । घाइतेको प्रस्तावित भालुवाङ अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी निरिक्षक शाहले जानकारी दिएका छन् । घर भित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुदा करेन्ट लागेको थियो ।

करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले काचो लठ्ठीले तारलाई हिर्काउदा तार चुडिएर उनको शरिरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटना स्थलमा मृत्यु हुन पुगेको राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी ९ अनुप० ले जानकारी दिएका छन् ।

मृतक बासु र हिमाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

साउन १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्