झापामा विद्युत सर्ट भई आगलागी हुँदा ६ घर जलेर नष्ट

Copy to clipboard
Copied!

काठमाडाैँ- झापामा आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। झापा गाउँपालिका-५ सिमलडाँगीमा विद्युत् सर्ट भई ६ घर जलेर नष्ट भएका हुन्।

स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हाे।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए।

साउन ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्