एसियाली खेलकुद अर्को वर्ष सेप्टेम्बरमा

Copy to clipboard
Copied!

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको १९औं एसियाली खेलकुद अर्को वर्ष सेप्टेम्बरमा गर्ने घोषणा गरेको छ।

ओसिएले चिनियाँ आयोजकसँगको सहमतिमा तोकेको नयाँ मितिअनुसार अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ।

यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हाङझोउमा एसियाली खेलकुद गरिने भनिएको थियो।

 

साउन ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्