दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको खराब प्रदर्शन

दक्षिण अफ्रिका र इंग्ल्यान्ड जारी तीन खेलको टेस्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्डले पहिलो इनिङमा दबाब बढाएको छ।
म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो दिननै १ सय ५१ रनमा अलआउट भयो। उसका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न असफल भएका थिए। कागिसो रबडाको ३६ रन सर्वाधिक रनका रुपमा रह्यो।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका लागि जेम्स एन्डरसन र स्टुआर्ट ब्रोडले समान ३-३ विकेट लिएका थिए। त्यस्तै बेन स्टोक्सले २ विकेट लिंदा ज्याक लिच र ओली रोबिनसनले समान १-१ विकेट हात पारे।
पहिलो दिननै जवाफि इनिङ सुरु गरेको इंग्ल्यान्डले दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर १ सय ११ रन बनाएर क्रिजमा छ। इंग्ल्यान्डका लागि जोनी ब्यरस्टो ३८ र जाक क्रउली १७ रन बनाएर अविजित छन्।