
काठमाडाैँ – केन्या भ्रमणमा रहेको नेपाल दोस्रो टी-२० मा खराव ब्याटिङको सिकार हुँदा १७ रनले पराजित भएको छ।
बरियतामा आफू भन्दा १६ स्थान तल रहेको केन्यासँगको दोस्रो खेलमा पराजित हुन पुगेको हो। घरेलु बलरसामु निरीह रहँदै पराजित भएपछि पाँच खेलको टी-२० सिरिजलाई केन्याले १-१ को अबस्थामा ल्याएको छ। टी-२० वरियतामा नेपाल १४ औ स्थानमा रहँदा केन्या ३० औ स्थानमा छ।
१ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय १५ रनमा समेटियो। नेपालका लागि आरिफ शेखले २५ रन बनाउनु सर्वाधिक रह्यो। थप दोहोरो रनको स्कोरका रुपमा आरीफ शेख र मोम्मद आदिल अलामले समान २०-२० रन बनाए। त्यस्तै ओपनर पवन सराफका नाममा १९ रन रह्यो।
ओपनर आसिफ शेख ५ रनमा पेभिलियन फर्किदा ज्ञानेन्द्र मल्लले १ रन मात्र बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीपनि ३ रनमा पेभिलियन फर्किदा पछिल्लो क्रममा ब्याटिङका लागि आएका करण केसी ६ र सन्दीप लामिछाने ८ रनमा आउट भएका थिए।
केन्याका लागि इम्यानुअल बुन्डी, भिराज पटेल र लुकास औलोचले समान २-२ विकेट लीउका थए।
नैरोबी स्थित जिमखानामा घरेलु टोली केन्याले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको मध्यम स्कोर तयार गरेको थियो। उसका लागि राकिप पटेलले ३५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै नेहिमिह ओधियाम्बोले २९ रन बनाउँदा इरफान करिमले २२ तथा सचिन भुडियाले १४ रन जोडेका थिए।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिंदा करण केसीले २ तथा पवन सर्राफले १ विकेट हात पारे। यसअघि नेपालले बिहिबार भएको खेलमा केन्यालाई ५ विकेटले हराएको थियो।