केन्यासँग दोस्रो टी-२० मा प्रतिस्पर्धा गर्दै नेपाल

केन्या भ्रमणमा रहेको नेपालले शुक्रबार लगातार दोस्रो टी-२० अन्तराष्ट्रियमा घरेलु टोली विरुद्ध प्रतिस्पर्धा गर्दै छ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ।
पहिलो खेलमा सहज जित निकालेको नेपाल केन्यालाई घरेलु मैदानमै दोस्रो हार चखाउने ध्याउन्नमा हुनेछ। पहिलो खेलमा पराजित केन्या भने दोस्रो खेलमा जित निकाल्दै सिरिजमा फर्कने लक्ष्यमा रहेको छ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराउँदै पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
नेपालले केन्याविरुद्ध तेस्रो खेल १२ भदौमा खेल्ने छ। त्यस्तै दुई टोलीबीच चौँथो खेल १३ भदौमा हुँदा अन्तिम टी-२० भने १४ भदौमा हुनेछ। टी-२० सिरिज पछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ।