चारटाँगेमा झोलुंगे पुल बनेपछि पैदलयात्रीलाई सहज

Copy to clipboard
Copied!

सिमकोट- सिमकोट गाउँपालिका- ७ को चारटाँगेमा झोलुंगे पुल सञ्चालनमा आएकाे छ।

उक्त पुल तर्दै वडाअध्यक्ष बलवीर शाहीले स्थानीय बासिन्दा र पैदलयात्रुहरूलाई चार टाँगेमा झोलुंगे पुल बनेपछि सहज भएको बताए।

यसअघि उक्त खोलामा बर्खाको उर्लदो भेल माथिको काठेपुल तर्न डराउनुपर्ने बाध्यता थियाे।

काठेपुल तर्दा मानवीय क्षति नभए पनि बर्सेनि गाईवस्तु सो पुल तर्ने क्रममा खसेर क्षति हुँदै आएकाे थियाे।

वडाअध्यक्ष शाहीले गोठाला र पैदलयात्रुहरू डराएर हिँड्नुपर्ने अवस्थाको पनि पुल बनेपछि अन्त्य भएको बताए।

विकासे योजनाको अनुगमन गर्न चारटाँगै पुगेकी प्रमुख जिल्ला अधिकारी सीता परियारले पुल बनेपछि पशुवस्तुदेखि यात्रुहरूलाई सहज भएको बताइन्।

पुल निर्माढ गर्न पाँच वर्षभन्दा बढी समय लागेको थियो। नेपाल सरकारको लगानीमा झोलुंगे पुल कार्यक्रम अन्तर्गत उक्त पुल बनेको हो।

यसअघि पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दाहरूले विराेध गर्दै आएका थिए। पुल सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन्।

पुल सत्तरी मिटरभन्दा बढी लम्बाइ र पचास मिटर अग्लाइ रहेको छ।

 

असार २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्