प्युठानमा चट्याङ लागेर २ जनाको मृत्यु, ९ घाइते

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

गएराति चट्याङ लागेर घाइते भएका जिल्लाको ऐरावती गाउँपालिका-६ बिजुलीकोटका दुई बालकको उपचारको क्रममा मृत्यु भएको छ। भने, अन्य ९ जना घाइत भएको जिल्ला अस्पताल प्युठानलाई उद्दृत गर्दै ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ का ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेका छन्।

चट्याङ लागेर ऐरावती-६ का ६ जना र १ का ४ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेकाे छ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्