करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

सांकेतिक तस्बिर
Copy to clipboard
Copied!

दाङ – दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका–६ खिलतपुर निवासी ४५ वर्षीय लालबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ।

नेपालीलाई सोमबार बिहान साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदनआश्रित चोकस्थित बलराम डाँगीको निर्माण हुँदै गरेको घरको लागि फलामको रड काट्ने क्रममा करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

नेपालीको शव अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमका लागि राखिएको छ।

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्