वीरगञ्ज महानगरको कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

Copy to clipboard
Copied!

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

कार्यपालिका सदस्यहरूको निर्वाचनका लागि शुक्रबार भएको मतदानमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। मतगणनाअनुसार महानगरको कार्यपालिका सदस्यमा कांग्रेसका चार र जसपाका चार जना उम्मेदवार विजयी भएका छन्।

कांग्रेसको तर्फबाट कार्यपालिका सदस्यमा कनिका कौशिक, नितुकुमारी राम, राधा देवी कार्की र कन्हैयाप्रसाद विजयी भएका हुन्।
यस्तै, गठबन्धनबाटै जसपाका तर्फबाट कलावती देवी राजपुतिन, रबुलसन खातुन, खैरूदिन मियाँ धोवी र निरञ्जनप्रसाद सा सोनारले जितेका छन्।

कार्यपालिकाको निर्वाचनमा कांग्रेस र जसपा तथा एमाले र लोसपाबीच गठबन्धन भएको थियो।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा वीरगञ्ज महानगरको मेयरमा गठबन्धनको तर्फबाट जसपा र उपमेयरमा कांग्रेस विजयी भएको थियो। महानगरको ३२ वटा वडामध्ये १३ वटा वडाको अध्यक्षमा जसपा, ९ वटामा कांग्रेस, ८ वटामा एमाले र २ वटा वडाको अध्यक्षमा लोसपा विजयी भएको थियो।

जेठ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्