पर्सागढी र बहुदरमाई नगरपालिकामा कार्यपालिका निर्वाचन सम्पन्न

Copy to clipboard
Copied!

वीरगञ्ज – पर्सागढी र बहुदरमाई नगरपालिका गरी दुई नगरपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ।

दुवै नगरपालिकामा बिहीबार ८–८ जना कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको हो।

निर्वाचन मत परिणामअनुसार पर्सागढी नगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका ६ जना, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका एक जना उम्मेदवार विजयी भएका छन्।

कार्यपालिका सदस्य निर्वाचनका लागि ४७ जना मतदाता थिए।

स्थानीय निर्वाचनमा एमालेले यस नगरपालिकाको मेयर र उपमेयरसहित दुई वटा वडाको वडाध्यक्ष जितेको थियो।
कांग्रेसले तीन वटा वडाअध्यक्ष, लोसपाले एक र स्वतन्त्र उम्मेदवार एउटा वडाअध्यक्षमा विजयी भएका थिए।

यसैगरी बिहीबार नै बहुदरमाई नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन पनि सम्पन्न भएको छ।

कार्यपालिका सदस्यको निर्वाचनमा ८ जना सदस्यमध्ये जनता समाजवादी पार्टीले चार र एमालेले चार सदस्य जितेको छ।

बहुदरमाई नगरपालिकामा एमाले र जसपा गठबन्धन गरेर कार्यपालिका चुनावमा भिडेका थिए।

कांग्रेस एक्लै लडेको थियो। पाँच दलीय गठबन्धनका शीर्ष नेताले पाँच दलबीच मात्रै गठबन्धन गर्न निर्देशन गरे पनि यहाँ त्यसविपरीत जसपाले एमालेसित गठबन्धन गरेको थियो।

 

 

जेठ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्