वीरगञ्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम निर्वाचित

Copy to clipboard
Copied!

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।

महानगरको मेयरमा जसपाका उमेदवार राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले घोषणा गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार बिजय कुमार सरावगीले २३ हजार ६७१ मत ल्याए।

मेयरमा सिंहले सरावगीलाई २२ हजार ५४४ मत अन्तरले पराजित गरेको पौडेलले बताए।

राप्रपाका मेयर उमेदवार गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गरे।

यस्तै, महानगरको उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका छन्।

उनी ३० हजार ७८ मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ।

उनी आफना निकटतम प्रतिद्वन्द्वीशीत २० हजार ५१० मत अन्तरले विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोतम झाले ९ हजार ५६८ मत प्राप्त गरेका छन्।

वीरगञ्ज महानगरपालिकामा सतारुढ पाँच दलीय गठबन्धनबाट जसपाका सिंह मेयरमा उठेका थिए।

अर्कोतर्फ एमाले र लोसपाबीच भएको गठबन्धनबाट मेयरमा एमालेका सरावगी र उपमेयरमा लोसपाका झा लडेका थिए।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्