मधेस सरकारले निहारिकालाई ५ लाख दिने

जनकपुरधाम – मधेस प्रदेश सरकारले निहारिका सिंह राजपुतलाई ५ लाख रुपैयाँ दिने भएको छ।

शुक्रबार बसेको मधेस सरकारको मन्त्रिपरिषद्को बैठकले राजपुतलाई ५ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।

न्यायका लागि संघर्ष गरिरहेकी राजपुतलाई कानुनी लडाइँका लागि कानुनी तथा आर्थिक सहयोग गर्न मुख्य न्यायाधिवक्ताको सिफारिसमा ५ लाख दिने निर्णय भएको साहले बताए।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्