लागुऔषधसहित एक जना पक्राउ

वीरगञ्ज – लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–८ बस्ने २५ वर्षीय मञ्जिल लामिछाने छन्।
वीरगञ्ज महानगरपालिका–१६ वीरगञ्ज भन्सार गेट अगाडिबाट चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।
लामिछानेले खुटामा टेपले बेरी लुकाएर ल्याएको औषधि डाइजेपाम–४१ एम्पुल, नुरफिन–४१ एम्पुल र फेनारगन–४१ एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता दीपक गिरीले जानकारी दिए।
पक्राउ परेका उनलाई लागुऔषध मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको गिरीले बताए ।