पर्सामा प्रतिलिपी नागरिकता बिहान ७ देखि १० बजेसम्म वितरण हुने

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपी नेपाली नागरिकता बितरण गर्ने कार्य शुक्रबारदेखि बिहानको समयमा वितरण गर्ने जनाएको छ।
प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार (आज)देखि प्रतिलिपी नागरिकता वितरण गर्ने कार्य बिहान ७ देखि १० बजेसम्म गरिने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको थेगी नसक्नु भिड भएका कारण प्रतिलिपी लिन समेत दुई तिन दिन लाग्ने गरेकोले सेवाग्राहीको सुबिधालाई मध्यनजर गर्दै प्रतिलिपी नागरिकता दिने समय बिहान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सार्बजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान सातबजेदेखि १० बजेसम्म प्रतिलिपी नागरिकता वितरण गर्ने ब्यावस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए।