रौतहटको बृन्दाबन नगरपालिकामा एकीकृत समाजवादीको जित

Copy to clipboard
Copied!

वीरगञ्ज – रौतहटको बृन्दाबन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।

नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी पार्टीका विनोदप्रसाद कुर्मी ६ हजार ११२ मत ल्याई विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामस्नेही यादवले ४ हजार ६७८ मत प्राप्त गरेका छन्।

नगरपालिकाको उपप्रमुखमा पनि एकीकृत समाजवादी पार्टीकी संगिताकुमारी राम ५ हजार ७७२ मत ल्याएर निर्वाचित भईन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सैबुन खातुनले ४ हजार ६८८ मत प्राप्त गरिन्।

९ वटा वडाहरु रहेको नगरपालिकाको वडा नम्बर १,६,७,८ र वडा नम्बर मा एकीकृत समाजवादी पार्टीले वडाध्यक्ष जितेको छ।

वडा नम्बर २,४ र ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।

योसँगै रौतहटमा नेकपा एकीकृत समाजवादी पार्टीले तीन वटा नगरपालिकामा जित हासिल गरेको छ।

यसअघि सदरमुकाम गौर र राजदेवी नगरपालिकामा पनि एकीकृत समाजवादी पाटी नै प्रमुखमा जितेको थियो।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्