अघिल्लो चुनावमा जोसँग हारेका थिए राजेशमान, सोही उम्मेदवारलाई जित्ने ‘पक्का’

Copy to clipboard
Copied!

वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहको जित्ने पक्का भएको छ।

सिंहले गणना हुन बाँकी रहेको मत भन्दाबढी मत ल्याएर अग्रस्थानमा भएपछि उनको महानगरको मेयर बन्ने सपना पुरा हुन लागेको हो।

हालसम्म महानगरको मेयरमा सिंहले ३८ हजार ४३७ मत ल्याएर अग्र स्थानमा रहेका छन्।

उनलाई निवर्तमान मेयर नेकपा एमालेका उम्मेदवार विजय सरावगीले १९ हजार ६७९ मतका साथ पछयाई रहेका छन्।

एमालेका सरावगीले सिंहलाई पछयाए पनि अब नभेटने स्थितीमा उनी पुगि सकेका छन्।

किनकि महानगरमा खसेको कुल मत ९३ हजार ७८२ मध्ये ७७ हजार ५७७ मत गणना भईसकेको छ।

गणना गर्न बाँकी रहेको १६ हजार २०५ मत रहेको छ।

तर सिंह सरावगी भन्दा १८ हजार ७५८ मतले अगाडि भईसकेका छन्।

यसकारण अब महानगरको मेयरमा राजेशमान सिँह निर्बाचित हुने पक्का भईसकेको छ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगीसँग सिंह हारेका थिए।

त्यतिबेला तत्कालिन संघीय समाजवादी फोरम हालको जसपाबाट उम्मेदवार रहेका सरावगी १९ हजार ३९३ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए।

तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयरमा नै चुनाव लडेका सिंह भने १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा सिमित भएका थिए।

०७४ सालमा सरावगीसित हारेका सिंह यस पालि भने उनैलाई हराएर मेयरमा निर्वाचित हुने पक्कापक्की भएको छ।

यसपालि वीरगञ्ज महानगरको मेयरमा सतारूढ पाँच दलीय गठबन्धनबाट जसपाका सिंह र एमाले लोसपा गठबन्धनबाट एमालेका सरावगी चुनावी मैदानमा छन्।

उपमेयरमा पनि कांग्रेसका आलमको जित पक्का

वीरगञ्ज महानगरपालिकाको उपमेयरमा पनि गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका ईम्तियाज आलमले जित्ने पक्का भएको छ।

उनी पनि गणना हुन बाँकी रहेको मत भन्दाबढी मत अन्तरको अग्रता बनाएका छन्।

उपमेयरमा आलमले २४ हजार ९१५ मत ल्याएका छन्।

एमाले र लोसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका लोसपाका पुरषोतम झाले ६ हजार ५६८ मत मात्रै प्राप्त गरेका छन्।

आलम झाकोभन्दा चार गुणाबढी मत ल्याएर अग्र स्थानमा छन्।

हालसम्म महानगरको २५ वटा वडाहरुको अन्तिम मत परिणाम सार्बजनिक भईसकेको छ।

बाँकी रहेको ७ वटा वडाहरुको सबै मतपेटिका खोलेर गणना चलिरहेको छ।

 

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्