कलैयाका मेयरको पहिलो निर्णयः कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन

Copy to clipboard
Copied!

वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख विनोद साहले आइतबार शपथ ग्रहण गरेसँगै पहिलो निर्णय पनि गरेका छन्। उनले शपथग्रहणपछि नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल कक्षादेखि कक्षा १, २ र ३ सम्म गणित विषयको पठनपाठन अंग्रेजी माध्यमबाट गराइने निर्णय गरेका हुन्।

उनले अहिलेको शिक्षाको आवश्यकतालाई हेरेरै प्रारम्भिक माध्यमदेखि नै कक्षा १,२ र ३ सम्म सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराइने बताए।

यो व्यवस्था यसै चालु शैक्षिक सत्रबाट सुरु हुने बताउँदै साहले गणित विषयका शिक्षकका लागि तालिम र किताबका लागि बजेटसमेत छुट्याएको जानकारी दिए।

‘विकासका लागि पहिला सबैभन्दा बढी शिक्षामा धेरै प्रयास गरेको छु, शिक्षालाई अगािड बढाउँछु शिक्षाबाटै मैले थालनी ग¥या छु,’ उनले भने, ‘अहिलेको बदलिँदो र प्रतिस्पर्धामा अंग्रेजीको आवश्यकता रहेकाले चालु शैक्षिक सत्रदेखि नै प्रारम्भिक बाल कक्षा र कक्षा १, २ र ३ मा गणित विषयको अंगेजी विषयमा पठनपाठन गराइनेछ।’

अहिले नगरपालिकाको स्तरमा रहेको कलैयालाई उपमहानगरपालिकामा अपग्रेड गर्नुपर्ने आवश्यकता रहेको साहको भनाइ थियो।
उनले आफू नयाँ भएकाले उपमहानगरपालिकामा अपग्रेड गर्न एक महिनाको समय चाहिएको जानकारी दिए।

नगरपालिकामा हिजो जे–जस्तो भयो त्यस्तो अब आफूले गर्न नदिने साहले दाबी गरे।

कलैयालाई उपमहानगरपालिका बनाउन कर्मचारी र जनप्रतिनिधिले आ–आफ्नो तहबाट बसेर सहयोग गर्नुपर्ने साहले जिकिर गरे।
विकासको क्रममा सबैभन्दा बढी शिक्षा र स्वास्थ्यलाई ग्राह्यता दिने साहको भनाइ थियो। नवनिर्वाचित उपमहानगरका जनप्रतिनिधिलाई शपथ ग्रहण गराइएको छ।

कलैया उपमहानगरपालिकाको प्रमुखमा एमालेका साह २४ हजार १७४ मत ल्याई विजयी भएका छन्। उनले सत्तारुढ पाँचदलीय गठबन्धनका उम्मेदवार निवर्तमान प्रमुख राजेश राय यादवलाई पराजित गरेका थिए।

 

जेठ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्