बारागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

Copy to clipboard
Copied!

वीरगञ्ज- बाराको बारागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ।

गाउँपालिकाको अध्यक्षमा जसपाका अशोक कुमार जैसवाल ५ हजार ४२६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बृजकिशोर प्रसादले ३ हजार ४२ मत प्राप्त गरे।

गाउँपालिकाका निवर्तमान अध्यक्ष एव नेपाली कांग्रेसका उम्मेदवार देवदत बछाड थारु ३ हजार २० मत ल्याउँदै तेस्रो भए।

गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाकै लक्ष्मीदेवी राय ४ हजार ३६६ मत ल्याउँदै निर्वाचित भइन्।उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कलाउनी थरुनीले ३ हजार ६२१ मत ल्याइन्।

६ वटा वडाहरू रहेको गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ६ मा जसपाले वडाध्यक्ष जितेको छ। वडा नम्बर २ र ५ मा कांग्रेस विजयी भएकाे छ।

जेठ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्