विश्वकपका लागि जर्मनीको टिम

चार वर्षअघि विश्वकप हिरो जर्मनीको टिममा गोटेज परेनन्, को को छन् ?

Copy to clipboard
Copied!

विश्व विजेता जर्मनीले आउँदो महिना रुसमा सुरु हुने विश्वकप फुटबलका लागि २७ सदस्यीय टोली घोषणा गरेको छ । पछि केही फेरबदल हुन सक्ने गरी जर्मनीले विश्वकपका लागि टोली घोषणा गरेको हो ।

घोषणा गरिएको टोलीमा सन् २०१४ को विश्वकप फाइनलमा विजयी गोल गरेर उपाधि दिलाएका मारिओ गोटेज परेका छैनन् ।

उनले चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिना विरुद्ध गोल गर्दै जर्मनीलाई चौथो पटक विश्वकपको उपाधि दिलाएका थिए ।

तर गएको सेप्टेम्बरदेखि चोटका कारण मैदान बाहिर रहेका बार्यन म्युनिखका गोलरक्षक म्यानुएल नुयर भने टोलीमा परेका छन् । प्रशिक्षक योआखिम लोले जर्मनीको जिम्मेवारी सन् २०२२ सम्म सम्हाल्ने घोषणा पनि गरिएको छ ।

को को परे टिममा ?

गोलरक्षक : बेन्र्ड लिनो, म्यानुएल नुयर, मार्क आन्द्रे टेर स्टेगेन, केविन ट्राप्प

डिफेन्डर : जेरोमी बोएट्ङ, माथिएस गिन्टर, जोनास हेक्टर, म्याट्स ह्युमेल्स, जोशुए किमिच, मार्विन प्लाटेनहार्ड्ट, एन्टोनिओ रुडिगर, निक्लास सुली, जोनथन टाह

मिडफिल्डर : जुलियन ब्रान्डट्, जुलियन ड्रेक्सलर, लिओन गोरेट्स्का, इलकाइ गुण्डोगान, सामी खेडिरा, टोनी क्रस, मेसुट ओजिल, सेबास्टियन रुडी, लिरोय साने

स्ट्राइकर : मारिओ गोमेज, थोमस मुलर, निल्स पिटरसन, मार्को रुइस, टिमो वार्नर

जेठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्