पेरुका कप्तान तथा कीर्तिमानी गोलकर्ताले विश्वकपमा खेल्न नपाउने

Copy to clipboard
Copied!

पेरुका कप्तान तथा कीर्तिमानी गोलकर्ता पाउलो गुरेरोले आउँदो विश्वकप फुटबलमा खेल्न नपाउने भएका छन् । उनीमाथि लागुऔषध प्रगोगका कारण लागेको प्रतिबन्ध ६ बाट १४ महिनासम्म बढ्ने भएपछि विश्वकपमा खेल्न नपाउने भएका हुन् ।

पेरुले दक्षिण अमेरिकी क्षेत्रबाट चिलीलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । प्लेअफमा उसले न्युजिल्याण्डलाई हराएर विश्वकप यात्रा तय गरेको हो । ३४ वर्षका पाउलोले पेरुका लागि ३२ गोल गरेका छन् ।

गएको अक्टोबर ६ मा अर्जेन्टिनासँगको खेलमा बराबरी गरेपछि भएको परीक्षणमा उनीले कोकिन प्रयोग गरेको देखिएको थियो । उनीमाथि सुरुमा १२ महिनाको प्रतिबन्ध लागेको थियो ।

तर विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अपिल कमिटिले उनको प्रतिबन्ध आधा कम गरेको थियो । तर विश्व एन्टी–डोपिङ्ग एजेन्सीले यस सम्बन्धी मुद्दा हेर्ने अदालतमा अपिल गरेको थियो, जसले १४ महिनाको प्रतिबन्ध लगाउने भएको छ ।

जेठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्