विश्वपकका लागि ब्राजिलको टिम घोषणा, नेइमारसहित को को परे ?

Copy to clipboard
Copied!

आउँदो महिना सुरु हुने विश्वपक फुटबलका लागि उपाधिको दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ ।

ब्राजिलले रुसमा आउँदो जुन १४ देखि सुरु हुने विश्वकपका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो । त्यसमा चोटका कारण अहिले मैदान बाहिर रहेका नेइमार पनि परेका छन् ।

पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमार गएको मार्चदेखि चोटका कारण मैदान बाहिर छन् । तर उनी अब प्रशिक्षणमा फर्किन तयार रहेको बताइने गरेको छ ।

ब्राजिलको टिमका डाक्टरले नेइमार विश्वकपका लागि फिट हुने बताएका छन् । विश्वकपका लागि घोषणा गरिएको टिममा नेइमारसँगै एण्डर्सन, डानिलो, फरनान्डिन्हो, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो तथा विलियनसहितका खेलाडी पनि छन् ।

ब्राजिल विश्वकपका लागि समूह इ मा छ र उसले कोस्टारिका, सर्बिया र स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । उसले आफ्नो पहिलो खेल जुन १७ मा खेल्नेछ ।

को को परे ब्राजिलको टिममा ?

गोलरक्षक : एलिसन, एण्डर्सन, कासिओ

डिफेन्डर : डानिलो, फाग्नर, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, मार्क्युइनहोस, मिरान्डा, पेड्रो गेरोमेल

मिडफिल्डर : कासेमिरो, फरनान्डिन्हो, पाउलिन्हो, फ्रेड, रेनाटो अगस्टो, फिलिप कोन्टिन्हो, विलियन, डुग्लस कोस्टा

फर्वार्ड : नेइमार, टाइसन, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो

जेठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्