ब्राजिलका डानी अल्वेस विश्वकपमा खेल्न नसक्ने

Copy to clipboard
Copied!

ब्राजिलका डानी अल्वेसले आउँदो महिना रुपमा विश्वकप फुटबलमा खेल्न नसक्ने भएका छन् । ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का राइट–ब्याक अल्वेस घुँडाको चोटका कारण विश्वकपमा खेल्न नसक्ने भएका हुन् ।

पिएसजीको फ्रेन्च कप फाइनल अन्तर्गत यो हप्ता भएको खेलमा ३५ वर्षका अल्वेसको दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । उनको लिगामेन्टमा गम्भीर चोट देखिएको छ ।

सुरुमा रुस विश्वकपका लागि उनी तयार हुने आश गरिएको थियो । तर शुक्रबार ब्राजिलियन फुटबल फेडेरेशनले अल्वेस विश्वकपमा खेल्ने सम्भावना नरहेको बताएको छ । ब्रासिलोना तथा युभेन्टसका पूर्व डिफेन्डर अल्वेसले राष्ट्रिय टिमबाट १०६ खेल खेलेका छन् ।

उनी सन् २०१० र २०१४ को विश्वकपमा ब्राजिलको टिमबाट खेलेका थिए । पाँच पटकको विश्वविजेता ब्राजिलले विश्वकपको समूह चरणमा स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल समूह इ मा रहेको छ ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्