विश्वकपमा हुने छैनन् जाल्टन इब्राहिमोविच

Copy to clipboard
Copied!

जाल्टन इब्राहिमोविचले रुसमा हुने विश्वकप फुटबलका लागि अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता नलिने भएका छन् ।

अहिले अमेरिकाको मेजर लिग सकर क्लब एलए ग्यालेक्सीमा अनुबन्धित भएका जाल्टनले केही समयअघि आफै विश्वकपका लागि रुस जाने बताएका थिए ।

तर उनले कुन रुपमा चाहिँ खुलाएका थिएनन् । स्वीडिस फुटबल एसोसिएसनका प्रमुख लार्स रिचटले आफूले जाल्टनसँग कुरा गरेको र उनले सन्यास फिर्ता लिने कुनै मनसाय नबनाएको बताएका छन् ।

उनी आफ्ना सन्यासको निर्णयमा अडिग रहेको रिचटले उल्लेख गरे । ३६ वर्षका जाल्टन गएको मार्चमा म्यानचेस्टर युनाइटेड बाट एमएलएस क्लब एलए ग्यालेक्सी गएका हुन् ।

उनले एलए ग्यारेक्सीबाट डेब्यु खेलमै प्रभावशाली गोल गरेका थिए । अजाक्स, बार्सिलोना, युभेन्टस, इन्टर मिलानसहित क्लबबाट खेलेका जाल्टनले स्वीडिस राष्ट्रिय टिमबाट ११६ खेलमा ६२ गोल गरेका छन् ।

उनले सन् २००२ र २००६ को विश्वकपमा खेलेका थिए ।

जाल्टन बिनाको स्वीडेन प्ले अफमा इटालीलाई हराएर रुस विश्वकप २०१८ का लागि छनौट भएको हो । स्वीडेन सन् २०१० र २०१४ को विश्वकपमा छनौट हुन सकेको थिएन ।

बैशाख १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्