राष्ट्रिय हिरो बनेर फकिर्यो क्रोएसियाली टिम

घर फर्किए ‘राष्ट्रपति आमा’ का छोराहरु, भयो भव्य स्वागत

Copy to clipboard
Copied!

विश्वकप उपाधिको नजिकै पुगेर पनि चुक्यो क्रोएसिया, तर उसले रुसमा तय गरेको यात्रा ऐतिहासिक थियो । सन् १९९१ मा स्वतन्त्र भएको राष्ट्र क्रोएसियाले विश्वकपको फाइनलमा पहिलो पटक स्थान बनायो ।

विश्वकपको फाइनल खेल्ने सानो देश बनेको क्रोएसियाले फाइनलमा फ्रान्सालाई कडा चुनौती दियो । ४–२ ले पराजित भएर उपविजेतामा सीमित भए पनि क्रोसियाका लागि यो ऐतिहासिक उपलब्धी हो।

उपविजेता बनेर घर फर्किएको क्रोएसियाली टोली सोमबार स्वदेश फर्किएको छ । टोलीको राजधानी जाग्रेबमा भव्य स्वागत भएको छ । कप्तान लुका मोड्रिक र टिमका खेलाडी तथा प्रशिक्षक ज्लाट्को डालिक राष्ट्रिय नायकका रुपमा घर फर्किएका हुन् ।

लुका प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेर गोल्डेन बल जित्ने कप्तान हुन् । फाइनल हेर्न मस्को पुगेकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचको स्नेह र माया पाएका क्रोएसियाली खेलाडीहरुले घर फर्किँदा हजारौँ समर्थकको साथ पाए । उनीहरुको स्वागतका लागि ४५ लाखको हाराहारीमा जनसंख्या रहेको देशका साढे दुईलाख मानिस पुगेका थिए ।

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्