केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याउँदै नेपाल

Copy to clipboard
Copied!

काठमाडौँ – पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको छ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोडेको हो।

केन्याका लागि इरफान करिमले ३४, लुकास ओलुओचले ३१, नेल्सन ओढियाम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, कप्तान सन्दीप लामिछानेले दुई, आदिल अन्सारी र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए।

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

भदौ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्