साउनमा भित्रिए २ सय ११ विद्युतीय सवारी

सांकेतिक तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ – साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन्।

भन्सार विभागको तथ्यांकअनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन्।

साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चीनबाट भित्रिएका छन्।

गत आर्थिक वर्षमा १८ सयभन्दा बढी विद्युतीय सवारी आयात भएका थिए। सरकारले विद्युतीय सवारीको करमा छुट गरेपछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढ्दै गएको छ।

भदौ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्