सेयर बजारमा झिनो सुधार

Copy to clipboard
Copied!

काठमाडौँ – सेयर बजारमा सामान्य सुधार देखिएको छ। मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो।

२०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ। उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कम हो। आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो।

१८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर छ।

मंगलबार बैंकिङ ४.९८, व्यापार १०.९४, जलविद्युत ०.६, उत्पादन २९.३७, जीवन बीमा ८.५८ र अन्य उपसमूह ०.५८ अंकले बढेको छ भने होटल तथा पर्यटन ३७.४७, विकास बैंक १४.७६, फाइनान्स ६.०७, निर्जीवन बीमा ५.०२, माइक्रोफाइनान्स ११.५४ र म्युचुअल फन्ड उपसमूहमा ०.०७ अंकको गिरावट आएको छ।

भदौ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्