नेता गिरिकाे निधनमा कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिने

Copy to clipboard
Copied!

काठमाडाैँ- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ।

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ।

लहान नगरपालिका-१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो।

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो।

उनको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्