लमही अस्पतालबाट मेजर शल्यक्रिया सुरु, पहिलोपटक एपेन्डिसाइटिसकाे सफल शल्यक्रिया

Copy to clipboard
Copied!

दाङ – दाङकाे लमही अस्पतालबाट मेजर शल्यक्रिया सेवा सुरु भएको छ। यसअघि शल्यक्रियामार्फत प्रसुति सेवा मात्रै सञ्चालनमा थियाे। अबदेखि अन्य शल्यक्रिया सेवा सुरु भएको हाे।

पहिलोपटक एपेन्डिसाइटिसकाे सफल शल्यक्रिया गरिएको लमही अस्पतालका एमडिजिपी डाक्टर महेश सिलवालले जानकारी दिए।

‘एपेन्डिसाइटिसकाे सफल शल्यक्रिया भएको छ। ढाडमा सुइ लगाएर गर्न मिल्ने सल्यक्रिया गर्न सक्छौँ’, उनले भने,’एपेन्डिसाइटिस, हर्निया लगायतका शल्यक्रिया गर्न सकिन्छ।’

एमडिजिपी डाक्टर महेश सिलवाल, एनेस्थेसिया सञ्जय शर्मा, सजिना श्रेष्ठ लगायतकाे टिमले पहिलो पटक एपेन्डिसाइटिसकाे शल्यक्रिया गरेकाे हाे।

यसअघि घाेराही, बुटवल, नेपालगन्जसम्म पुग्नुपर्ने बाध्यता थियाे।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्