प्यूठान जीप दुर्घटना अपडेटः ब्रेक फेल हुँदा दुर्घटना, घाइतेलाई उपचारका लागि भैरहवा लगियो

Copy to clipboard
Copied!

दाङ – प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा तिर्थयात्रु चढेको जिप ब्रेक फेल हुँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

‘भिङ्ग्रीदेखि एक किलोमिटर माथि दुर्घटना स्थल पर्छ। तिर्थयात्रु चढेको जिप ओरालोमा ब्रेक फेल भएर पल्टिएको बुझिएको छ,’ जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी सत्यनारायण थापाले भने, ‘एक जनाको घटनास्थलमा मृत्यु भयो। १४ जना घाइते हुनुभएको छ।’

प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो।

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्बरको जिप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन्। त्यसमध्ये ९ जनाको अवस्था गम्भीर छ। घाइतेहरुलाई थप उपचारको लागि भैरहवा लगिएको छ।

जीपमा १७ जना सवार थिए। दुई जनालाई चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ।

साउन १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्