राष्ट्रिय परिचयपत्रमा तथ्यांक राखौँ, मिथ्यांक हैन: मीन विश्वकर्मा

फाइल तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ- नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले तथ्यांक विधेयकमाथिको छलफलमा राष्ट्रिय परिचयपत्रमा तथ्यांक नभई मिथ्यांक राखिएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको जारी बैठकमा तथ्याङ विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

संसदमा उनले भने, ‘मुलुकको तत्कालको अवस्थालाई जागरण गर्ने हो। ठिक तथ्यांकले ठिक बाटोमा लैजान्छ। अधोगतितिर लाग्दाखेरि हामीकहाँ तथ्यांक नै गलत त छैन भन्ने प्रश्न उब्जिएको छ। राष्ट्रिय परिचयपत्रमा सामाजिक बनोटलाई प्रस्तुत गर्ने थरहरूलाई राखेकोमा आपत्ति छ।’

परिचय पत्रमा थर राख्नुपर्नेमा समुदायलाई राखिएकोमा आपत्ति जनाएका हुन्। परिचयपत्रमा परिवार, विश्वकर्माजस्ता थर राख्नुपर्नेमा दमाई, कामी, सार्की राखेकोमा उनले आपत्ति जनाएका हुन्।

उनले भने, ‘राष्ट्रिय परिचयपत्रमा मिथ्यांकहरू राखियो, तथ्यांक राख्नुपर्‍याे।’

 

साउन १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्