नवीन प्राचीनकाे कवितासंग्रह ‘प्वाँख’ बजारमा

Copy to clipboard
Copied!

काठमाडाैँ- पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ।

कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन्। यस संग्रहमा ८७ कविताहरू संग्रहित छन्।

पुस्तकबारे कवि प्राचीन भन्छन्, ‘कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतालाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुसी छु।’

प्वाख कविता संग्रह हालसालै एउटा समारोहबीच अमेरिकाको न्यू-योर्कमा विमोचन गरिएको हाे।

प्वाँखको मूल्य नेपाली बजारका लागि २९५ रुपैयाँ ताेकिएकाे छ।

असार ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्