प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

Copy to clipboard
Copied!

मोरङ – विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई नगदसहित सम्मान गरेको छ।

चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय व्यक्तित्वलाई बुधबार आयोजित कार्यक्रममा ‘प्रतिभा पुरस्कारले सम्मान गरिएको हो।

सो क्रममा अग्रज साहित्यकार प्राडा लक्ष्मणप्रसाद गौतम, ‘दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार’ डा. दुवसु क्षेत्री, ‘लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार’ डा. ज्ञानु पाण्डे र ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ वरिष्ठ भाषाशास्त्री प्रा.डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको थियो। सम्मानित सबैलाई ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा २२ हजार रुपैयाको ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’बाट झापाका हरिप्रसाद न्यौपाने र सुनसरीका नारद पोखरेल सम्मनित भए। साहित्यकार लोचन रिजाल र भरत गुरागाईलाई २२ हजार राशिको ‘षडानन्द प्रतिभा पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिएको थियो। प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुखसमेत रहेका साहित्यकार प्राडा गोविन्दबहादुर तुम्बाहाङले सम्मान गरेका थिए।

कार्यक्रममा साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध संग्रह विमोचन गरिएको थियो। कार्यक्रममा प्राडा. तुम्बाहाङ र वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले संयुक्त रुपमा निबन्ध संग्रहको विमोचन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको प्राडा तुम्बाहाङले निबन्ध संग्रह पठनीय र संग्रहनीय रहेको बताएका थिए। त्यसैगरि, विमोचना गरिएको निबन्ध संग्रहमाथि समालोचक डा. रामजी तिम्सिनाले टिप्पणी गरेका थिए। सो क्रममा तिम्सिनाले भने, ‘जीवनको अभिनन्दन साँच्चिकै निबन्ध जस्तो छ। तरपनि अहिलेको कविता कविता जस्तो नहुने र कथा कथा जस्तो नहुने गरेको छ।’

संग्रहमा जीवनमाथि अनगिन्ती प्रश्न गरिएको उनको भनाइ छ। कार्यक्रममा लेखिका डा. पाण्डेले जीवनका हरेक पक्षलाई केलाएर निबन्धसंग्रहले प्रस्तुत गरिएको बताएकी थिइन्। विमोचित निबन्ध संग्रहमा ११ वटा निबन्ध रहेको उनले जानकारी दिइन्।

असार २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्