झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन छ तर यसपटक तपाईँहरुको चाहनामा उठ्छु: रवि

Copy to clipboard
Copied!

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछानेले जनताको सल्लाह र चाहनाअनुसार कुन निर्वाचन क्षेत्रबाट उट्ने भन्ने कुराको निर्णय गर्ने बताएका छन्।

राष्ट्रिय सभामा आयोजित कार्यक्रममा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा’ घोषणा पश्चात बोल्दै उनले यस्तो बताएका हुन्।

‘मलाई तपाईँ कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्नुहुन्छ भनेर प्रश्न आइरहन्छ।’ उनी भन्छन्, ‘हुन त मलाई झापा, डढेलधुरा, चितवनबाट चुनाव लड्न मन छ। झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न डराएको होइन तर सरकारमा को छन् र तिनीहरुले कस्तो राजनीति गरेका छन् इतिहास छ मसँग। त्यसैले एकचोटि तपाईँहरुले जहाँबाट भन्नु हुन्छ, जहाँबाट उठ्न हौसला दिनुहुन्छ, त्यहीँबाट उठ्छु।’

उनी भन्छन्, ‘राजनीतिलाई राजनीति जसरी नै गरिनुपर्छ यसलाई पत्रकारिता जसरी गरेर नहुने रहेछ।’

उनले चुनाव चिन्ह घण्टी राख्न प्रस्ताव समेत गरेका छन्।

असार ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्