रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

Copy to clipboard
Copied!

काठमाडौँ- सञ्चारकर्मबाट विश्राम लिएर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।

राष्ट्रिय सभामा आयोजित कार्यक्रममा उनले पार्टीको नाम सार्वजनिक गरेका हुन्। लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष गर्न माग राखेका छन्।

उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह समेत गरेका छन्।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नुपर्ने भएकाले दल गठन गरेको बताएका छन्।

उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र स‌ंसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताएका छन्।

असार ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्