सीमावर्ती पानीट्यांकी बजारमा ट्रेनको ठक्करबाट झापाका एक युवकको मृत्यु

Copy to clipboard
Copied!

झापा – भारतको सीमावर्ती बजार पानीट्यांकीमा ट्रेनको ठक्करबाट झापाका एक युवकको मृत्यु भएको छ।

ट्रेनको ठक्करबाट परी मेचीनगर नगरपालिका- ६ काँकरभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।

बिहीबार बेलुका ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलवे क्रस गर्ने क्रममा उनलाई ट्रेनले ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ।

बिहारबाट सिलगुढीतर्फ गइरहेको ट्रेनको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हाे। घटनाको विषयमा खोरीबारी थाना र रेल्वे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

 

असार ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्