गोकर्णेश्वरमा शौचालयमा लडेकी एक महिलाको मृत्यु

सांकेतिक तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका एक जना महिलाको शौचालयमा लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा रामेछाम उमाकुन्ड गाउँपालिका-५ घर भइ हाल गोकर्णेश्वर नगरपालिका- ४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी ४९ वर्षीय सुशीला खड्का रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताएका छन्।

खड्का गएराति साढे ८ बजे टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी थिइन्। उनलाई बहिनी वर्षा सुनवारले बेहोस भएको अवस्थामा देखेर नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घटनाबारे जानकारी पाउन साथ प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ।

मृतक खड्काका आफन्त नआएकोले शव सोही अस्पतालमै राखिएको र  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

 

जेठ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्