टुकुचा खोलाले बगायो मोटरसाइकलः चालकको उद्धार, मोटरसाइकल बेपत्ता

फाइल फोटो।
Copy to clipboard
Copied!

काठमाडौँ – काठमाडौँमा परेको वर्षाका कारण खोलाको बहाब बढ्दा एक व्यक्तिसहित मोटरसाइकल बगाएको छ।

काठमाडौँ महानगरपालिका वडा-२ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक टुकुचा खोलामा पानीले खोलाको बहाब बढ्दा  मोटरसाइकलसहित एक व्यक्तिलाई बगाएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

काठमाडौँ महानगरपालिका धापासी घर भएका २१ वर्षीय सुरज अर्यालसहित बागमती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल बगाएको हो।

चालक अर्याललाई तत्काल सकुशल उद्धार गरिएको र मोटरसाइकल भने फेला नपरेको प्रहरीले जनाएको छ। बगाएको मोटरसाइकलको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

बुधबार करिब पौने ५ बजेको समयमा उक्त घट्ना भएको प्रहरीले बताएको छ।

जेठ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्