संघीय सरकारद्वारा झापाका पालिकाहरूका लागि रकम विनियोजन, सबैभन्दा बढी रकम मेचीनगरलाई

Copy to clipboard
Copied!

झापा – संघीय सरकारले झापाका पालिकाहरूका लागि रकम विनियोजन गरेको छ।

विनियोजित रकममा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई परेको छ।  मेचीनगरले ८३ करोड ५८ लाख पाउने भएको हाे।

सबैभन्दा थोरै रकम हल्दिबारी गाउँपालिकाले पाउने भएको छ। हल्दीबारीले ३० करोड ९९ लाख रुपैयाँ पाउने भएको हाे। यसैगरी, अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

कनकाई नगरपालिकाको लागि ३५ करोड ७६ लाख , गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, दमक नगरपालिकाको लागि ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख रकम विनियोजन भएको छ।

भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ।

गाउँपालिकाहरुमा कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख, गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ विनियोजन भएको छ।

झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ।

जेठ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्