झापाको हल्दीबारीमा राप्रपाका ‍उम्मेदवार लिङ्देनको अग्रता कायमै, एमालेका गिरी भन्दा १२०० मतले अगाडि

Copy to clipboard
Copied!

झापा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्रप्रसाद लिङदेन १२०० मतले अग्रस्थानमा छन्।

पछिल्लो मत गणनाको परिणाम अनुसार गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका लिङदेनले ३२९० मत ल्याएका छन्। उनलाई एमालेका डम्बर बहादुर गिरी पच्छ्याइरहेका छन्। गिरीले २०९७ मत ल्याएका छन्। गिरी गाउँपालिकाका निवर्तमान उपाध्यक्षसमेत हुन्।

अध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका तुलसीप्रसाद ओली १२५० र माओवादीका भवानीप्रसाद दंगाल ६८४ मत ल्याएका छन्।

गाउँपालिका उपाध्यक्ष पदमा पनि राप्रपाका उम्मेदवार अगाडि छन्। उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले २५०७ मत ल्याएकी छन्। उनलाई एमालेकी शान्तादेवी गौतमले २०९६ मत ल्याई पच्छ्याइरहेकी छन्।

त्यस्तै, उपाध्यक्षमै माओवादीकी टिकादेवी राउत ९२२ मत ल्याएकी छन्।

 

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्