दमकको मेयरमा राप्रपाका राम थापाको अग्रता कायमै

मेयर पदका उम्मेदवारहरू गीता अधिकारी र राम थापा।
Copy to clipboard
Copied!

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा मेयर पदका राप्रपाका उम्मेदवार राम थापाले अग्रता कायमै राखेका छन् ।

थापाले ५ हजार ९१ मत ल्याउँदा एमालेकी गिता अधिकारीले ४ हजार ४ सय ९५ मत पाएकी छन् ।

उपप्रमुखतर्फ कांग्रेसकी रेगिना भट्टराईले पनि अग्रता कायमै राखेकी छन् ।

रेगिनाले ४ हजार ९ सय ४३ मत ल्याएकी छन् भने एमालेका अम्बिका खनालले ४ हजार ३ सय ४४ मत ल्याएका छन् ।

दमकमा राप्रपालाई गठबन्धनले सहयोग गरेको छ ।

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्