कैलालीको कैलारीमा कांग्रेसको अग्रता कायमै

Copy to clipboard
Copied!

धनगढी – कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै गरेको छ ।

गाउँपालिकाको वडा नम्बर २ को ९५१ सय मतगणना गर्दा वडा नम्बर १ को मत सहित गाउँपालिका अध्यक्ष तर्फ नेपाली काँग्रेसका राजसमझ चौधरीले १२५४, राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले १११५, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ८२६ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले १८७ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्ष तर्फ काँग्रेसका ३१७, राप्रापाका १७२, माओवादी केन्द्रका २४४ र एमालेका १७४ मत प्राप्त गरेका छन् ।

यस अघि वडा नम्बर १ को वडा अध्यक्षमा ध्वजहरिपाल बोहरा सहित उनकोे पुरै प्यानल विजयी भएका छन् ।

उनले १ हजार १५ मत ल्याएर विजयी भएका हुन् । वडा सदस्यमा क्रमशः लिलापति चौधरी (१०४६), पुष्पा भूल (१०२१), तुलसी प्रसाद चौधरी (९९४) र सिकारी चौधरी (९७९) मल ल्याएर विजयी भएका हुन् ।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्